जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार १६:४८

ह्वात्तै बढ्यो कोरोना संक्रमित संख्या : आज ११४ जना संक्रमित थपिए, ८८६ पुग्यो कुल संख्या (भिडियोसहित)


काठमाडौं, जेठ १४ । नेपालमा आज थप ११४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकाश देवकोटाले मन्त्रालयको नियमित अपडेटमार्फत आज थप जनामा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगको छ ।आज पुष्टि भएका संक्रमितहरुमा सप्तरी, झापा, रौतहट, मकवानपुर, बाग्लुंङ, रुकुमपूर्व, बाँके, दाङ, सिरहा, बारा निवासी रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

https://www.facebook.com/mohpnep/videos/246917413402978/