जनता टाइम्स

१५ जेष्ठ २०७७, बिहीबार १५:१३

कोरोनालाई जित्नेको संख्या पनि बढदै : उपचारपछि निको भए १८७ संक्रमित, कुन प्रदेशमा कति ?


काठमाडौ., जेठ १५ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुने संख्या १८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट मुक्त हुनेमा १४४ पुरुष र ४३ जना महिला रहेका छन् ।

कोरोना संक्रमणबाट मुक्त हुनेमा प्रदेश नम्बर १ का ३० जना, प्रदेश नम्बर २ का १०१ र बागमती प्रदेशका ११ जना रहेका छन् । यस्तै, गण्डकी प्रदेशका दुई, प्रदेश नम्बर ५ का ३८ र सुदूरपश्चिम प्रदेशका ५ जना उपचारपछि कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनकारी दिनुभयो । सबैभन्दा ढिलो कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमित निको भएका छैनन् ।

यस्तै एक हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । अहिलेसम्म ७७ जिल्लामध्ये ५१ जिल्लामा संक्रमण फैलिएको छ ।