जनता टाइम्स

१६ जेष्ठ २०७७, शुक्रबार १०:२४

यसरी गर्न सकिन्छ कोरोना संक्रमणलाई सामान्यीकरण


९० प्रतिशत भन्दा धेरै संक्रमितलाई ४ हप्ता घरमा बस्दा कोरोना संक्रमण आफै निको हुन्छ । सामान्य लक्षण देखिए घरमै लाक्षणिक उपचारको मार्ग निर्देश गर्ने । यसो गर्दा संक्रमितलाई घरेलु बाताबरणमा सजिलो हुनुको साथै मनोबल पनि बढ्दछ । घरमा आइसोलेसनको बाताबरण नहुने संक्रमितलाई मात्र सामुदायिक भवनमा आइसोलेसनमा राख्ने 

 

कोरोना संक्रमणको बढ्दो तथ्यांक हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ । बिकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै बैज्ञानिक प्रयास गरिरहेका छन । हामीले पनि कोरोना संक्रमणको यथार्थता आम जनतालाई सुचित गरेर यसको ब्यबस्थापकीय शैलीलाई परिवर्तन गर्नु आबश्यक छ ।

पिसिआर परीक्षणको संख्या र दायरालाई ब्यापक बढाउने, संक्रमित क्षेत्रमा ‘ १ घर, १ जना परिक्षण ‘ को अभियान बढाउने ।

होम क्वारेन्टाइन र सेल्प आइसोलेसनलाई अनुगमनसहित प्रभावकारी बनाउने ।

कोरोना संक्रमण पोजिटिभ हुँदैमा अस्पतालमा भर्ना नगर्ने, होम आइसोलेसन वा सेल्फ आइसोलेसनको ब्यबस्था गर्ने । ९० प्रतिशत भन्दा धेरै संक्रमितलाई ४ हप्ता घरमा बस्दा कोरोना संक्रमण आफै निको हुन्छ । सामान्य लक्षण देखिए घरमै लाक्षणिक उपचारको मार्ग निर्देश गर्ने । यसो गर्दा संक्रमितलाई घरेलु बाताबरणमा सजिलो हुनुको साथै मनोबल पनि बढ्दछ । घरमा आइसोलेसनको बाताबरण नहुने संक्रमितलाई मात्र सामुदायिक भवनमा आइसोलेसनमा राख्ने ।

सास फेर्न गाह्रो हुनेलगायतका अन्य गम्भीर लक्षण देखिएमा तोकिएको कोरोना डेडिकेटेड अस्पतालमा भर्ना गरेर उपचार गर्ने ।

संक्रमण जिरो देखिएका जिल्लामा मात्र आरडिटी टेस्ट गर्ने, त्यहाँ आारडिटी टेस्ट पोजिटिभ देखिएमा पिसिआर टेस्ट बढाउने आरडिटी लाई जबर्जस्ती बिस्तार नगर्ने ।

मृतकमा कोरोना संक्रमणबाहेक कुन कुन दीर्घरोग थियो तथा कुन अवस्थाले मृत्यु भयो भन्ने तथ्य सार्वजनिक गर्दा आम नागरिक डराउने बातावरण एकदम न्यून हुन्छ ।

रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि संचार माध्यममा सामाजिक दुरी, मास्कको सही प्रयोग, रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायलगायतको प्रभावकारी सामग्री निर्माण, प्रकाशन, प्रसारण गर्ने ।

मौसमी रुघाखोकी, अन्य फ्लु तथा कोरोना संक्रमणका लक्षणको फरक सुचित गर्ने ।

भारत वा अन्य देशबाट नेपालीलाई सिमानाका पिसिआर टेष्ट गरेर संक्रमितलाई क्वारेन्टाइन र स्वस्थलाई आफ्नो थातथलो पठाउने ।

जनस्वास्थ्य चेतना निकै फितलो छ, तसर्थ उठेका हरेक इस्युलाई दैनिक सम्बोधन गर्ने तथा पर्याप्त जनस्वास्थ्य चेतनाको कार्यक्रम संचालन गर्ने ।

आम नागरिकलाई कोरोना भाइरससंग आफ्नो जीवन सुचारु गर्न प्रशिक्षित गर्ने ।

खोप, नसर्ने रोग र दीर्घरोगको परीक्षण तथा उपचारको प्रबन्ध मिलाउने ।

अस्पतालहरुलाई संक्रमणबाट सुरक्षित राख्ने,्र स्वास्थ्यकर्मीलाई गुणस्तरीय तथा पर्याप्त पिपिईको ब्यबस्था गर्ने ।

सुरक्षित प्रसव र शल्य क्रियालाई ग्यारेन्टी गर्ने ।

मनोपरामर्श सेवालाई हरेक स्थानीय निकायमा पुर्याउने ।