जनता टाइम्स

१६ जेष्ठ २०७७, शुक्रबार १६:३२

एकैदिन थपिए १७० कोरोना संक्रमित : १२१२ पुग्यो कुल संक्रमित संख्या, निको हुनेको संख्या २०६


काठमाडौं, जेठ १६

नेपालमा थप १७० जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिनुभयो । यो संगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ५ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्। पछिल्लो समय थप १९ जना डिस्चार्जा भएपछि निको हुनेको संख्या २०६ पुगेको डा. देवकोटाले जानकारी दिनुभयो ।