जनता टाइम्स

१९ जेष्ठ २०७७, सोमबार ०७:१४

कर्णाली प्रदेशमा २ प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या १६ सय १० पुग्यो


जुम्ला, जेठ १९ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ । यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ ।

स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिनेमा जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिञ्जा गाउँपालिकाका ९ जना र नेपाल प्रहरी २ जना रहेका प्रतिवेदनमा उल्लेख छ । जुम्ला हिमा गाउँपालिकाका वडानं १ का ३६ बर्ष र ६३ बर्षका पुरुष, वडा नं ६ का २३ वर्षीय पुरुष, वडा वडा नं ५ का २६,२३,४३,४६ बर्षका पुरुष, वडा नं ७ का ५९ वर्षीय पुरुष गरि ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सिञ्जा गाउँपालिकाका वडा नम्बर ३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, ३६ वर्षीय पुरुष वडा नम्बर ६ का ४५,३१ १२ वर्षीय पुरुष गरि ९ै जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी कर्णाली प्राविधिक शिक्षालयको क्वरेन्टीनमा खटिएका २ जना प्रहरीमा समेत कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ