जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार १५:४६

जस्ले सँगै बसेर गराए कोरोना संक्रमित पत्नीको उपचार


मकवानपुर। बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लडन दह्रो आत्मबिश्वास र परिवारको साथ चाहिन्छ भन्ने नेपालकै एक कोरोना संक्रमितको घटनाले पुष्टि गरेको छ । हेटौंडा निवासी नविन पौडेलको दम्पत्तिले त्रासले होइन, साथले कोरोनासँगको लडाई सहजै जित्न सकिन्छ भन्ने प्रमाणित गर्नुभएको हो ।

गत हप्ता गरिएको कोरोना परीक्षणबाट हेटौंडा निवासी पौडेल दम्पत्तिमध्ये पत्नीमा कोरोना पोजेटिभ देखियो। श्रीमान श्रीमतीमध्ये एक जनामा कोरोना देखिनु र उनी गर्भवती रहनुले पौडेल दम्पत्ति निकै चिन्तित बन्नु स्वभाविक थियो । कोरोना पोजेटिभ देखिएपछि पौडेलकी श्रीमतीलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखियो। पाँच महिनाको गर्भवती रहेकी पत्नीलाई कोरोना संक्रमण देखिएपछि पौडेल दम्पति निकै आँत्तिनु भयो । तर हिम्मत भने हार्नुभएन । कोरोना संक्रमण देखिना साथ आफन्त र परिवारकै सदस्य टाढा टाढा हुने गरेको र आतंकित हुने यथार्थबीच पौडेलले निर्णय लिनुभयो, त्रास होइन, पत्नीसँगै रहेर उपचार गराउने ।

श्रीमतीलाई कोरोनाको पुष्टि भएपनि पौडेलले श्रीमतीको साथ छाडनुभएन । अस्पतालमा पनि सँगै बसे। स्वास्थ्यकर्मीले कोरोना सर्छ भन्दै छुट्टै बस्न पटक पटक आग्रह गरे, तर अस्वीकार गर्दै पौडेल जोखिम मोलेरै श्रीमतीसँगै बस्नुभयो । आईसोलेसनमा रहँदा पौडेलले श्रीमतीको आत्मबल दह्रो बनाउन सहयोग गर्नुभयो ।

पाँच महिनाको गर्भवती रहेकी पत्नीलाई कोरोना संक्रमण देखिएपछि पौडेल दम्पति निकै आँत्तिनु भयो । तर हिम्मत भने हार्नुभएन । कोरोना संक्रमण देखिना साथ आफन्त र परिवारकै सदस्य टाढा टाढा हुने गरेको र आतंकित हुने यथार्थबीच पौडेलले निर्णय लिनुभयो, त्रास होइन, पत्नीसँगै रहेर उपचार गराउने

कोरोना पोजेटिभ देखिँदा पनि श्रीमानको दह्रो साथ पाउँदा गर्भवती महिलाले पाँच दिनमै कोरोनालाई पराजित गर्नुभयो । शुक्रबार र शनिबार कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि आइतबार ती महिलालाई अस्पतालले डिस्चार्ज गरेको छ । यसरी पतिको साथ पाउनु भएकी ती गर्भवती महिलाले पाँच दिनमै कोरोनालाई जितेर आसोलेसनबाट घर फर्कनुभएको छ ।