जनता टाइम्स

२१ जेष्ठ २०७७, बुधबार १६:५२

कोरोनाबाट दोलखाका एक व्यक्तिको राजधानीमा मृत्यु


काठमाडौं, जेठ २१

कोरोनाको संक्रमणका कारण राजधानीमा थप एक जनाको मृत्यु भएको छ । दोलखाका ७६ वर्षीय पुरुषको मृत्युको राजधानीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको हो ।

रक्तश्रावसम्वन्धि समस्या भएपछि उहालाई जेठ १३ गते उपचारका लागि दोलखाबाट काठमाडौको सिनामंगलस्थित मेडिकल शिक्षण अस्पताल भर्ना गरिएको थियो । त्यहाका उहा अप्रेसन भएको थियो ।

अप्रेसन पश्चात १५ गते गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि शिक्षण अस्पतालमा रेफर भर्ना गरिएको थियो । उहालाई आइसियुमा राखेर उपचार गरिरहँदा आज विहान निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै कोरोनाबाट मृतकको संख्या ९ पुगेको छ ।