जनता टाइम्स

२२ जेष्ठ २०७७, बिहीबार १३:१८

कोशी अस्पतालबाट एकैपटक २८ जना भए कोरोनामुक्त


विराटनगर, जेठ २२

कोरोनाको संक्रमण बढ्दै जाँदा निको भएर घर फर्किने क्रमपनि बढ्न थालेको छ । विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना कोरोनामुक्त भएका छन् ।

पहिलो र दोस्रो परीक्षणमा कोरोना भाईरस (कोभिड–१९) नेगेटीभ देखिएपछि उनीहरुलाई डिस्चार्जको लागि चिकित्सकले सिफारिस गरेका हुन् । डिस्चार्ज हुनेमा २२ जना पुरुष र ६ जना महिला रहेको अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । अस्पचालमा उपचारतः उदयपुरका ४ जना, झापाका ७ जना, मोरङका ६ जना, सुनसरी ४ जना, सप्तरी २ जना, धनकुटा ४ जना र खोटाङ १ जना रहेको उहाँले जानकारी दिनुभयो ।

डिस्चार्ज हुनेहरु ४० दिनसम्म अस्पतालमा भर्ना भएर बसेका समेत रहेका छन् । झापा केचनकवलका तैयव आलम, नर आलम, सनवर मिया, सनवाज मिया, फिरोज मिया, इम्तिया आलम र मुस्ताफिक आलम रहनु भएको छ । यसैगरी मोरङका रतुवामाईका जफर मिया, ममताज आलम, पथरीका रमेश कार्की, विराटनगरका रिन्कु सहनी, आनन्दकुमार मेहता र कासिम मिया रहनु भएको छ ।

सुनसरी गडी गाउँपालिकाका गोविन्द चौधरी, इटहरी–२ का निमाङ राई, इनरुवा–२ का बिमल रेग्मी र धरानका अरबिन श्रेष्ठ हुनुहुन्छ । यसैगरी सप्तरीका रमन कुमार साह र रमदुल्ला मिया, धनकुटाका गणेश बुढाथोकी, बद्री गुरुङ, निशा थापा मगर र सिला लिम्बू रहनु भएको छ । खोटाङका दिपेन्द्र राईले समेत कोरोनालाई परास्त गर्नु भएको छ ।

यस अगाडी कोशीको कोभिड–१९ उपचार केन्द्रबाट ३० र विपीको उपचार केन्द्रबाट १८ जनाले कोरोना परास्त गरेर घर फर्किसकेका छन् । योसँगै प्रदेश १ बाट ७६ जनाले कोरोना परास्त गरिसकेका छन् । बुधबारसम्ममा १८५ जना संक्रमित देखिएका छन् ।