काठमाडौं, जेठ २४ । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर बिकाश देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसिआर बिधिबाट ९२ हजार ४ सय ७७ जनाको परीक्षण भएको छ भने आरडिटी बिधिबाट १ लाख ३७ हजार ४ सय ३५ जनाको परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ जनाको पिसिआर र ५ हजार ५ सय ७० जनाको आरडिटी बिधिबाट परीक्षण भएको देवकोटाले जानकारी दिनुभयो । प्रवक्ता देवकोटाका अनुसार हालसम्म ३६५ जना कोरोना जितेर घर फर्किएका छन ।













प्रतिक्रिया दिनुहोस्