जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतबार ००:००

कर्मचारी र उपचाररत बिरामीमा कोरोना देखिएपछि सिल गरियो नेपाल प्रहरी अस्पताल


काठमाडौं, जेठ २५ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल सिल गरिएको छ । अस्पतालको ल्याबमा कार्यरत एक कर्मचारीसहित डायलाइसिस गर्ने बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल नै सिल गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले अस्पतालमा कार्यरत एकजना र अर्का एक बिरामीमा कोरोना संक्रमण देखिएपछि नेपाल प्रहरी अस्पताल सिल गरिएको प्रष्ट पार्दैसंक्रमितको सम्पर्कमा पुगेका व्यक्तिको खोजी सुरु भएको बताउनु भयो ।