जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतवार १६:२८

थप २१३ जनामा कोरोना संक्रमण : कुलसंख्या ३४४८ पुग्यो, ४६७ जना कोरोना परास्त गर्दै घर फर्किए


काठमाडौं, जेठ २५ । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाले आज नियमित अपडेटबारे जानकारी दिँदै पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमित पुष्टि भएको बताउनु भयो ।

यो संगै नेपालमा कोरोना संक्रमितको ३ हजार ४ सय ४८ पुगेको छ । यसैगरी हालसम्म ४६७ जना डिष्चार्ज भएर घर फर्किएका छन । जसमध्ये प्रदेश १ का ९१, प्रदेश २ का १८६, बागमतिका ३२, गण्डकीका ३, प्रदेश ५ का १३३, कर्णालीका ९ र सुदुरपश्चिम प्रदेशका १३ जना हुनुहुन्छ ।