जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतवार १९:१६

४६७ जनाले जिते कोरोना : कुन प्रदेशमा कति ?


काठमाडौं, जेठ २५ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढदै जाँदा कोरोनालाई जितेर घर फर्कनेको संख्या पनि बढेको छ । अहिलेसम्म ३ हजार ४ सय ४८ जना कुल संक्रमित पुग्दा निको हुनेहरुको संख्या ४ सय ६७ पुगेको छ ।

गत २४ घन्टामा मात्रै १०२ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाले जानकारी दिनुभयो । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १२ जना, कलैया अस्पताल बाराबाट बाराका ३४ जना निको भएर घर फर्किएका छन । यस्तै कोभिड युनिफाइड अस्पताल बलम्बूबाट महोत्तरीका १, बुटवलको कोरोना आइसोलेसन सेन्टरबाट रुपन्देही र कपिलवस्तुका २७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

यस्तो छ प्रदेशगत विवरण

प्रदेश १ : ९१ जना
प्रदेश २ : १८६ जना
वाग्मती प्रदेश : ३२ जना
गण्डकी प्रदेश : ३ जना
प्रदेश ५ : १३३ जना
कर्णाली प्रदेश : ९ जना
सुदूरपश्चिम प्रदेश : १३ जना

यस्तै कोरोना विशेष अस्पताल दाङबाट बाँके, दाङ, बर्दिया र कपिलवस्तुका १० जना र रौतहटका १८ जना गौरको नर्सिङ इन्स्टिच्युटबाट डिस्चार्ज भई घर फर्किएको प्रवक्ता देवकोटाले बताउनु भयो । प्रवक्ता देवकोटाका अनुसार हालसम्म प्रदेश १ बाट ९१ जना, प्रदेश २ बाट १८६ जना, वाग्मती प्रदेशबाट ३२ जना, गण्डकी प्रदेशबाट ३ जना, प्रदेश ५ बाट १३३ जना डिष्चार्ज भउका छन । यस्तै कर्णाली प्रदेशबाट ९ जना र सुदूरपश्चिम प्रदेशबाट १३ जना निको भएरघर फर्किएका छन ।

यसरी निको हुनेमध्ये ३ सय ९९ पुरुष र ६८ महिला रहेका छन । स्वास्थ्य मनत्रालयका अनुसार आज साँझसम्म नेपालमा ३ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।