जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार १६:३२

थप २७९ जनामा कोरोना : ४३६४ पुग्यो कुल संख्या


काठमाडौं, जेठ २८ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित अपडेटमार्फत पछिल्लो २४ घण्टामा २७९ जना नयाँ कोरोना संक्रमित देखिएको जानकारी गराएसँगै संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको हो ।

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ भने कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ । आज ९० जना डिस्चार्ज भएका छन ।