जनता टाइम्स

२९ जेष्ठ २०७७, बिहीबार ११:२८

कोरोना संक्रमणले ल्याउँछ सेक्स लाइफमा ठूलो समस्या, यस्तो छ बैज्ञानिक अध्ययनको निष्कर्ष


काठमाडौं, जेठ २९ । बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण सबै उमेर समूहका व्यक्ति प्रभावित भएका छन् । कोरोना संक्रमणपछि अहिलेको भन्दा पनि भावि पुस्ताको चिन्तासमेत व्यक्त हुन थालेको छ । कोरोना भाइरसको संक्रमणका कारण पुरुषको सेक्स हर्मोनमा ठूलो असर गरेको निश्कर्ष एक अध्ययनबाट देखिएको छ ।

चिनिया बैत्रानिकहरुको अध्ययनको निश्कर्षअनुसार कोरोना संक्रमणपछि पुरुषहरु नपुंसक बनिरहेका छन् । संक्रमणले पुरुषको अण्डकोषमा समस्या हुने गरेको छ । उत्तेजनामा पनि कमी आएको पाइएको छ । चीनको वुहानस्थित वुहान युनिभर्सिटीको झाङ्गनान अस्पतालको एक रिपोर्ट अनुसार कोरोना संक्रमण ठिक भएका ८१ पुरुषमा गरिएको गहन अध्ययनमा पनि यौन क्षमता घटेको पाइएको छ । यसअघि प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको थियो ।

अध्ययनमा संलग्न गरिएका २० देखि ५४ वर्षसम्मका ८१ जना पुरुषमा हुबेइ क्लिनिकल रिसर्च सेन्टर फर प्रिनेटर गायग्गोसिस एण्ड बर्थ हेल्थका वैज्ञानिकले गहन अध्ययन गरेका थिए । यी सबैजनाको सेक्स हर्मोनको जाँचसमेत गरिएको थियो । अध्ययनमा संलग्न चिकित्सक तथा वैज्ञानिकका अनुसार यी बिरामीमा टेस्टोस्टेरोन र ल्युटिनाइसिङ्ग हर्मोनको T/LH अनुपात बिग्रिएको पाइएको छ । यदि T/LH को अनुपात बिग्रिएमा पुरुषको अण्डकोषले राम्रोसँग काम गर्दैन । वीर्य पनि कम उत्पादन हुने र सेक्स हर्मोनमा पनि कमी आउँछ ।

जुन पुरुषको अध्ययनमा संलग्न गरिएको थियो, उनीहरुमा T/LH अनुपात शून्य दशमलब ४ मात्र थियो । यो सामान्य अवस्था भन्दा निक्कै कम हो । यसले भावि पुस्तालाईसमेत चिन्तित बनाएको छ । टेस्टोस्टेरोन हर्मोन पुरुषका लागि महत्वपूर्ण हर्मोन हो । यसले अण्डकोष, मांसपेशी, हड्डी र कपाललाई सामान्य अवस्थामा राख्न सहयोग गर्छ । ल्युटिनाइसिङ्ग हर्मोन महिला र पुरुष दुवैमा हुन्छ । यसले उत्तेजना ल्याउन सहयोग गर्छ ।

वैज्ञानिकहरुले कोरोना भाइरसका कारण पुरुषमा उत्तेजना समाप्त भएको पाइएको जनाएका छन। यसलाई इरेक्टाइल डिसफङ्सन भनिन्छ । संक्रमणले प्रष्टरुपमा पुरुषमा यौन क्षमतामा गम्भीर असर गरेको पाइएको छ । वुहानको टोङ्गजी अस्पतालको रिप्रोडक्टिभ मिसन विभागका प्रोफेसर डा. लि युफेङ्गले आफूले पहिले पनि यो विषयमा अध्ययन गरेको बताउनु भएको छ । कोरोनाले पुरुषको अण्डकोष र यौन क्षमतामा ठूलो समस्या ल्याउन सक्ने उहाँको भनाइ छ ।