जनता टाइम्स

२९ जेष्ठ २०७७, बिहीबार १६:२३

थपिए २५० कोराना संक्रमित, कुल संख्या ४६१४ पुग्यो


काठमाडौं, जेठ २९

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज नियमित अपडेटमार्फत पछिल्लो २४ घण्टामा २५० जना नयाँ कोरोना संक्रमित देखिएको जानकारी गराउनु भयो ।

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ भने कोरोना जित्नेको संख्या भने ८ सय ६१ पुगेको छ । आज १ सय ८७ जना डिस्चार्ज भएका छन ।