जनता टाइम्स

२९ जेष्ठ २०७७, बिहीबार १८:५२

दैनिक १० हजार पिसिआर परीक्षण गर्ने गरी नयाँ मेसिन खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, जेठ २९

सरकारले दैनिक १० हजार पिसिआर परीक्षण गर्ने गरी पिसिआर मेसिन खरिद गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेसिन खरिदका लागि अनुमति प्रदान गरेको हो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार कोभिडको महामारी विशेषजन्य परिस्थितिमा यसको रोकथाम र निदानका लागि आवश्यक पर्ने मेसिनरी र अन्य स्वास्थ्य सामाग्री शिध्र खरिद गर्ने निर्णय भएको जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि आवश्यक पर्ने आधुनिक पिसिआर मेसिन, किटस, उपकरणहरु शिध्र आपुर्ति गर्ने निर्णय पनि भएको बताउनु भयो ।

उहाले सरकारले परीक्षणलाई व्यापाक र प्रभावकारी बनाउने गरी मेसिन खरिद गर्न लागेको बताउनु भयो । यसैगरी देशभरीमा रहेका क्वारेन्टाइन र त्यहा रहेका सामाग्रीमा सुधार गरेर लैजाने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिनुभयो । आइसोलेसन सेन्टरहरुलाई थप व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाएर कडाईका साथ पालना गराउने भएको छ । त्यसका लागि प्रदेश र स्थानीय तहबीच समन्वय गरेर थप प्रभावकारी बनाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।