काठमाडौं, जेठ ३० । नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित अपडेटमार्फत यस्तो जानकारी दिनुभएको हो ।
प्रवक्ता गौतमका अनुसार आज थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो । यस्तै हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
https://www.facebook.com/mohpnep/videos/705217080297453/













प्रतिक्रिया दिनुहोस्