जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार १६:२५

कोरोना अपडेट : २४ घण्टामा दुई जनाको मृत्यु, थप २७३ जनामा संक्रमण, संक्रमित संख्या ५३३५ (भिडियोसहित)


काठमाडौं, जेठ ३१ । पछिल्लो २४ घण्टामा २ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआज नियमित अपडेटमार्फत थप २७३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।

आज फेलापरेका संक्रमितमध्ये २४७ जना पुरुष र ३६ जना पुरुष रहेको गौतमले जानकारी दिनुभयो । यो संगै नेपालमा कोराना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

यस्तै आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बीरगञ्ज निवासी एक २५ बर्षीय युवक र बारा निजगढ नगरपालिकाका ५ बर्षीय बालकको कोरोनाबाट मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यो संगै मृतकको संख्या १८ पुगेको छ ।

हेर्नाेस भिडियो