जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार १६:४७

एकै दिन थपिए ४ सय २५ नयाँ कोरोना संक्रमित : ५७ सय ६० पुग्यो कुल संक्रमित संख्या


काठमाडौं, जेठ ३२ । पछिल्लो २४ घण्टामा थप ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजकोनियमित अपडेटमार्फत आज ४ सय २५ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।

योसँगै संक्रमितको संख्या ५७ सय ६० पुगेको छ । नयाँ संक्रमितमध्ये ३७५ पुरुष र महिला ५० महिला रहेका छन्। प्रवक्ता गौतमका अनुसार १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ४ हजार ७६८ जना रहेका छन्। यस्तै आइतबार थप ६१ जना डिस्चार्ज भएका छन् ।