जनता टाइम्स

१ असार २०७७, सोमबार ००:१०

क्वारेनटाइनमा रहेकी महिलालाई स्वयंसेवकले नै सामुहिक बलात्कार गरेपछि…


कैलाली, असार १ । कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीन जनाले आफूमाथि बलत्कार गरेको जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । पीडित महिला लम्कीचुहा नगरपालिकाकि ३१ वर्षीया हुन । इलाका प्रहरी कार्यालय लम्कीले तीनै जनालाई आरोपितलाई नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आज लम्की बजारमा विरोध प्रर्दशन गरेका छन् । लम्की चौराहामा चक्का जाम गर्दै उनीहरुले विरोध गरेका हुन् । प्रदर्शनकारीले वडा कार्यालयमा तोडफोड पनि गरेका छन् ।