जनता टाइम्स

१ असार २०७७, सोमबार ०७:१०

कोरोना अपडेट : विश्वभर ७९ लाख ८४ हजार नाघ्यो , ४१ लाख ४ हजार ८९० जना निको


काठमाडौं,  असार १  । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कोरोना संक्रमितको संख्या ७९ लाख ८४ हजार नाघेको छ । एकै दिन १ लाख २३ हजार ७८३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ७९ लाख ८४ हजार ४३२ पुगेको छ ।

कुल संक्रमित मध्ये ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१५ मुलुक र २ ओटा अन्तराष्टिय पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २५८ जनाको मृत्यु भएको छ । संक्रमित ३४ लाख ४३ हजार ४३९ जनाको उपचार भइरहेको छ भने ४१ लाख ४ हजार ८९० जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ८२ हजार ८६८ जनाको मृत्यु भएको छ । २२ लाख ५ हजार ८४८ जना संक्रमित भएकोमा ११ लाख ६७ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४४ हजार ९६६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ७९ हजार ५७३ पुगेको छ । त्यसमध्ये १० लाख ६९ हजार ८३८ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ४० हजार २४८ जनाको मृत्यु भएको छ । १६ लाख १७ हजार १८४ जना संक्रमित भएकोमा ९ लाख ९० हजार ४७४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६० हजार ४५७ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६९६ जना संक्रमित भएकोमा ७ लाख ५४ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ६ हजार ४८८ जनाको ज्यान गएको छ भने २ लाख ४४ हजार ५४२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १२ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९३१ जना संक्रमित भएकोमा ८ हजार ४२६ जना संक्रमणमुक्त भएका छन् ।