जनता टाइम्स

१ असार २०७७, सोमबार १६:४२

कैलाली क्वारेन्टाइनको सामुहिक बलात्कारमा स्वाथ्यकर्मी र शिक्षक नै संलग्न रहेको खुलासा


काठमाडौं, असार १ । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ को क्वारेन्टाइनमा एक महिलामाथि भएको सामुहिक बलात्कारमा स्वास्थ्यकर्मी र शिक्षक नै संलग्न रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज यस्तो जानकारी दिनुभएको हो ।

प्रवक्ता गौतमले भन्नुभयो, ‘लम्की चुहा नगरपालिका कैलाली १ को क्वारेन्टाइनमा रहेकी एक महिलामाथि सामुहिक बलात्कार भएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खेद प्रकट गर्दछ, सो घटनामा स्वास्थ्यकर्मी समेत संलग्न रहेको र समाजका अगुवा र शिक्षक समेतको संलग्नता हुनु निकै दुखद कुरा हो । यस घटनाप्रति मन्त्रालयलेखेद ब्यक्त गरेको छ ।’ प्रवक्ता गौतमले कानूनअनुसार कडा कार्वाहीकोप्रक्रिया अघिबढिसकेको जानकारी समेत दिनुभयो ।