काठमाडौं, असार ३ । पछिल्लो समय भारतमा कोरोना भाइरस भयावह भन्दै गएको छ । कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १३५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ५४ हजार १६१ पुगेको हो ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ८७ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् ।
कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्