जनता टाइम्स

३ असार २०७७, बुधबार ०७:२०

कोरोना अपडेट : विश्वभर ८२ लाख ५६ हजारभन्दा बढी संक्रमित , ४३ लाख ६ हजार ८९ जना उपचारपछि निको


काठमाडौं, असार ३ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट विश्वभर संक्रमित हुनको संख्या ८२ लाख ५६ हजार ६ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ४५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ९५७ पुगेको छ । एकै दिन १ लाख ४२ हजार ५४६ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८२ लाख ५६ हजार २५७ पुगेको छ ।

संक्रमित ३५ लाख ४ हजार ७०५ जनाको उपचार भइरहेको छ भने ४३ लाख ६ हजार ८९ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८३ हजार ९६७ जनाको मृत्यु भएको छ ।

२२ लाख ३५ हजार २१२ जना संक्रमित भएकोमा ११ लाख ८९ हजार ४५१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४७ हजार १३४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ३९ हजार ६०२ पुगेको छ । त्यसमध्ये ११ लाख १४ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४३ हजार ६६० जनाको मृत्यु भएको छ । १६ लाख ९१ हजार ४४९ जना संक्रमित भएकोमा १० लाख ६० हजार २१० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६३ हजार २६२ जनाको मृत्यु भएको छ । १५ लाख १३ हजार ६८८ जना संक्रमित भएकोमा ८ लाख ६ हजार ९७९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार २६ जनाको ज्यान गएको छ भने २ लाख ६१ हजार ५८१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २० हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९६० जना संक्रमित भएकोमा ८ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् ।