जनता टाइम्स

३ असार २०७७, बुधबार १६:२४

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५८६ कोरोना संक्रमित : ७१७७ पुग्यो कुल संक्रमित संख्या


काठमाडौं, असार ३ । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज आयोजित नियमित अपडेट मार्फत पछिल्लो २४ घण्टामा ५ सय ८६ कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । जसमध्ये पुरुष ६ हजार ६ सय ३८ र महिला ५ सय ७९ जना रहेका छन । प्रवक्ता गौतमका अनुसार बाँकेका एक महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ । मृतक मृगौला समस्याका कारणले भर्ना हुनुभएको थियो ।

प्रवक्ता गौतमका अनुसार हालसम्म क्वारेन्टिनमा १ लाख २५ हजार ७९८ र आइसोलेशनमा ५ हजार ९ सय ९० जना उपचाररत रहेका छन ।