जनता टाइम्स

४ असार २०७७, बिहीबार १५:१५

नेपालमा कोरोनाकै कारण २० जनाको निधन भएको होइन : प्रधानमन्त्री ओली (राष्ट्रियसभा बैठक लाइभ)


काठमाडौं, असार ४ । प्रधानमन्त्रीले नेपालमा कोरोनाका कारण मृत्यु भएको संख्या बढीमा ३ रहेको हुनसक्ने बताउनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक जारी गरे पनि प्रधानमन्त्री ओलीले भने कोरोनाकै कारण मृत्यु हुनेको वास्तविक संख्या त्यो नभएको र अरु कारण पनि रहेको प्रष्ट पार्नुभयो ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कतिपयलाई यथार्थ भन्दा रुचिकर मान्नुभएको छैन । २० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कोरोना संक्रमण भएका व्यक्तिको जुनसुकै कारणले मृत्यु भएप नि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मान्नुपरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सुन्नोस भिडियो