जनता टाइम्स

५ असार २०७७, शुक्रबार ००:०८

स्काउटकर्मीलाई यस्तो छ प्रधानमन्त्री ओलीको सन्देश


हामीले लामो समय संर्घष गरेर लोकतान्त्रिक प्रणाली ल्याएका छौँ र लोकतन्त्रलाई कार्यान्वयन गर्नका लागि प्रणाली र विधिहरु स्थापना गरेका छौँ । यिनै विधि र प्रणालीमा उभिएर, यसलाई विकसित गरेर हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएका छौँ । त्यसैले अब हाम्रो यात्रा सुशासन तर्फको हो, विकास तर्फको हो । हाम्रा हरेक पाइला समृद्ध देश निर्माण गर्ने र जनतालाई सुखी बनाउने काममा तालवद्ध रुपमा अग्रसर छन् । विकास र समृद्धिको यस राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालवद्ध प्रयास सहयोगी हुने छ भन्ने मैले विश्वास लिएको छु 

काठमाडौं, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्काउटले बालबालिकारुमा सानै उमेरदेखि सहासिक क्रियाकलाप, विपद् व्यवस्थापन, सामुदायिक कार्य र स्वयंसेवी भावनाको विकासमा नेपाल स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै उच्च प्रसंशा गर्नुभएको छ । नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफू स्काउटको साथमा रहेको घोषणा पनि गर्नुभएको छ ।

‘देशलाई संकट परेका बेला उद्दार, राहत लगायतका स्वयंसेवी कार्यमा स्काउट सधैं अग्रपंक्तिमा उभिंदै आएको छ । विद्यमान कोभिड–१९ को विश्वब्यापी महामारीमा पनि देशैभरिका स्काउट स्वयंसेवकहरु खटिंदै आएका छन्, यस प्रशंसनीय कार्यका लागि म सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ । उहाँले नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

यस्तो छ प्रधानमन्त्रीको शुभकामना

सम्पूर्ण स्काउट दाजुभाइ तथा दिदीबहिनीहरु,

सर्वप्रथम नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा उन्नत मानवीय भावनाले ओतप्रोत, नैतिक धरातलयुक्त र विकसित मुलुक बनाउन दत्तचित्तले सक्रिय स्काउट दाजुभाइ तथा दिदीबहिनीहरुहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

बालबालिका तथा युवाहरुमा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भवनाको विकास गराई उनीहरुलाई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन १९०७ र नेपालमा बिसं २००९ (सन् १९५२) मा स्काउट अभियानको सुरुवात भएको थियो । नेपालमा विभिन्न मानवीय सेवा मार्फत नेपाल स्काउटको उत्साहजनक सांगठानिक विस्तार भइरहेको छ । बालबालिकारुमा सानै उमेरदेखि सहासिक क्रियाकलाप, विपद् व्यवस्थापन, सामुदायिक कार्य र स्वयंसेवी भावनाको विकासमा नेपाल स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसैले देशलाई संकट परेका बेला उद्दार, राहत लगायतका स्वयंसेवी कार्यमा स्काउट सधैं अग्रपंक्तिमा उभिंदै आएको छ । विद्यमान कोभिड–१९ को विश्वब्यापी महामारीमा पनि देशैभरिका स्काउट स्वयंसेवकहरु खटिंदै आएका छन्, यस प्रशंसनीय कार्यका लागि म सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

आज हाम्रो देशले लिएका उद्देश्यहरु, हाम्रो देशले लिएको बाटो, देशले अपनाएका नीतिहरु र हामीले निर्धारण गरेका आजका लक्ष्यहरु स्काउटका उद्देश्यहरुसँग मिल्दाजुल्दा छन् । आजको सरकार युवाहरुको साथमा छ । आजको सरकार स्काउटको साथमा छ । आजको सरकार बालवालिकाहरुको साथमा छ । म तपाईंहरुको साथमा छु ।

हामीले लामो समय संर्घष गरेर लोकतान्त्रिक प्रणाली ल्याएका छौँ र लोकतन्त्रलाई कार्यान्वयन गर्नका लागि प्रणाली र विधिहरु स्थापना गरेका छौँ । यिनै विधि र प्रणालीमा उभिएर, यसलाई विकसित गरेर हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएका छौँ । त्यसैले अब हाम्रो यात्रा सुशासन तर्फको हो, विकास तर्फको हो । हाम्रा हरेक पाइला समृद्ध देश निर्माण गर्ने र जनतालाई सुखी बनाउने काममा तालवद्ध रुपमा अग्रसर छन् । विकास र समृद्धिको यस राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालवद्ध प्रयास सहयोगी हुने छ भन्ने मैले विश्वास लिएको छु ।

प्रचुर प्राकृतिक स्रोत र विविधतायुक्त मौलिक संस्कृतिको यस देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेका छौँ । नेपाललाई हामी गरिवीबाट सम्पन्नतातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेका छौँ । केही वर्ष भित्र नेपाललाई सम्पन्न राष्ट्रको रुपमा चिनाउन हामी कृतसंकल्पित छौँ । नेपाल स्काउटमा आवद्ध अनुशासित हाम्रो नयाँ पिँढीका प्रयासहरुले यस जीवनमय र उर्भर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने छ भन्ने मेरो विश्वास छ ।

स्काउट बालाबालिका र युवाहरुका लागि काम गर्ने संस्था हो । प्रधानमन्त्रीको हैसियतमा मैले संरक्षकत्व ग्रहण गरिसकेपछि, यस संस्थामा युवाहरुको सहभागिता र सक्रियता उल्लेखनीय रुपमा बृद्धि भएको मैले महसुस गरेको छु । यस अवधीमा बालबालिकाहरुलाई समसामयिक, रोचक र प्रभावकारी कार्यक्रमहरु प्रदान गरिंदै आएको छ । अन्तर्राष्ट्रिय रोभरमुट, ज्याम्बोरी, प्रदेश स्तरका तालिम लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा हजारौं बालाबलिका तथा युवाहरु सहभागी भई ज्ञान र अनुभव प्राप्त गरेका छन् । स्काउट र बालाबलिकाहरुको समस्या, गुनासा, जिज्ञासा र सुझावहरुलाई प्रत्यक्ष बुझ्न मेरै उपस्थितिमा ‘बालबालिका सँग प्रधानमन्त्री’ कार्यक्रमको सुरुवात गरी हरेक बर्ष यसलाई निरन्तरता दिइएको छ । संगठन बिस्तार र अन्तर्राष्ट्रिय सम्बन्धमा व्यापक सुधार भएकोछ । देशका हरेक बिद्यालय र स्थानीय तहमा स्काउट अभियानको बिकास र विस्तारका लागि आवश्यक कार्य गर्न म सम्बन्धित सबै निकायलाई आह्वान पनि गर्न चहान्छु । विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरुमै स्काउट शिक्षालाई समेटी अब हरेक बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी छ । विपद व्यवस्थापनको क्षेत्रमा पनि स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाँउगाँउमा ‘फस्ट रेस्पोन्डर’को रुपमा परिचालित गरिने छ ।

प्रचुर प्राकृतिक स्रोत र विविधतायुक्त मौलिक संस्कृतिको यस देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेका छौँ । नेपाललाई हामी गरिवीबाट सम्पन्नतातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेका छौँ । केही वर्ष भित्र नेपाललाई सम्पन्न राष्ट्रको रुपमा चिनाउन हामी कृतसंकल्पित छौँ । नेपाल स्काउटमा आवद्ध अनुशासित हाम्रो नयाँ पिँढीका प्रयासहरुले यस जीवनमय र उर्भर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने छ भन्ने मेरो विश्वास छ 

कोभिड– १९ को विश्वब्यापी महामारीको यस बिषम परिस्थितिबीच पर्न गएको यसपालीको स्काउट स्थापना दिवस घरमै बसी अनलाइन प्रबिधि मार्फत मनाउन पनि म सम्पूर्ण स्काउटहरुलाई आह्वान गर्दछु । अन्त्यमा, नेपाल स्काउटको ६९ औं स्थापना दिवसको अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।