काठमाडौं, असार ६
नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जना नयाँ कोराना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित अपडेट प्रस्तुत गर्दै पछिल्लो २४ घण्टामा ३३१ कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ६०५ पुगेको छ । काठमाडौं उपत्यकामा आजै ८ महिलामा कोरोना देखिएको छ । भक्तपुरमा ७ जना महिला र काठमाडौंमा एक जना महिलामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा १७६ जना कोरोना जितेर डिष्चार्ज भएका छन । यो सँगै कोरोना जित्नेको संख्या १ हजार ५७८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल ७ हजार ४१६ परीक्षण भएको छ । यो हालसम्मकै एकै दिनमा सबैभन्दा धेरै गरिएको पिसिआर परीक्षण हो ।













प्रतिक्रिया दिनुहोस्