जनता टाइम्स

६ असार २०७७, शनिबार १६:४४

ह्वात्तै बढ्यो पिसिआर परीक्षण : शनिवार ७,४१६ जनाको चेक


काठमाडौं, असार ६

सरकारले दैनिक रुपमा कोरोनाको पिसिआर परीक्षण बढाएर लग्न थालेको छ । दैनिक १० हजार परीक्षण गर्ने तयारी गरेको सरकारले पछिल्लो केही दिनमा परीक्षणको सख्या ह्वातै बढाउदै लगेको छ ।

शुक्रबार ६ हजार २ सय ३१ वटा परीक्षण गरेकोमा शनिवार करिव थप १ हजार २ सय भन्दा बढि परीक्षण गर्न सफल भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिवार ७ हजार ४१६ जनाको परीक्षण भएको छ । यो हालसम्म एकैदिन यति ठुलो सख्यामा पिसिआर परीक्षण भएको पहिलो पटक हो । देशका विभिन्न २४ वटा ल्याबमा परीक्षण भएको उहाले बताउनु भयो । यसअघि विहिवार ५ हजार ७४६ जनाको पिसिआर परीक्षण भएको थियो ।

शनिवारसम्म एक लाख ६९ हजार १६५ जनाको पिसिआर परीक्षण भएको छ । यसैगरी क्वारेन्टाइनमा बस्नेको सख्या पनि दिनप्रतिदिन कमी आउने थालेको छ । पिसिआर परीक्षण गरेर नेगेटिभ आएकालाई घर पठाउन थालिएपछि क्वारेन्टाइनमा बस्नेको सख्यामा पनि कमि आएको हो । शुक्रबारसम्म देशभरका विभिन्न क्वारेन्टाइनमा १ लाख ९ हजार ४१६ जना रहेकोमा शनिवार १ लाख २ हजार २४५ रहनु भएको छ ।