काठमाडौं, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भान्छामा प्रयोग भइरहेका औषधीजन्य तत्वको बिषयमा आफूले बोलेको कुरालाई मजाक उठाउने समुहलाई दुई प्रश्न राख्नुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा ‘राष्ट्रिय योग अभ्यासक्रम’को बालुवाटारस्थित एक्सन रूमबाट आज बिमोचनप्रधानमन्त्री ओलीले यस्तो प्रश्न गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेकोमा जोड दिदै हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकास स्थल रहेको बताउनुभयो । रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेको पनि उहाँले संबोधनका क्रममा स्पष्ट गर्नुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालीहरूका भान्छामा अनेक औषधीय तत्वको प्रयोग गर्ने क्रम हजारौं बर्षदेखिको उपयोग र अनुभवमा आधारित रहेको उल्लेख गर्नुभयो ।

उहाँले बेसारको उपयोगिताको चर्चा गर्दा मजाक उडाउने, अदुवाको मजाक उडाउने र यस्ता अन्य औषधीय चिजहरूको मजाक उडाउनेहरूलाई लक्षित गर्दै सुझाव दिनुभयो, ‘आफ्नो भान्छामा केके चिज प्रयोग हुन्छ ? ती किन प्रयोग गरिन्छ ?’ उहाँले वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिनुपर्ने समेत उहँले औंल्याउनुभयो ।













प्रतिक्रिया दिनुहोस्