जनता टाइम्स

८ असार २०७७, सोमबार १३:५२

काठमाडौं उपत्यकासहित देशभर ५३ जना प्रहरीमा कोरोना संक्रमण : कुन जिल्लामा कति ? (सूचीसहित)


काठमाडौं, असार ८ । नेपाल प्रहरीका अधिकृत तथा जवान गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनताको सेवामा खटिएकै अवस्थामा प्रहरीमा कोरोना संक्रमितको संख्या ५३ पुगेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म १८ जिल्लाका प्रहरीमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म संक्रमितमध्ये ३८ जना प्रहरी कोरोनामुक्त भई डिस्चार्ज भएका छन । जसमा दुई महिला र ३६ जना पुरुष रहेका छन । प्रधान कार्यालयका अनुसार हालसम्म धनुषामा १०, बारामा ७, कपिलवस्तुमा ६, धनकुटामा २, सप्तरीमा ३, सिरहामा ३, बाँकेमा १, सर्लाहीमा २, रौतहटमा ४, र महोत्तरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै जुम्लामा २, जाजरकोटमा १, कञ्चनपुरमा ३, अछाममा १, बाजुरामा १, काठमाडौंमा ४ र भक्तपुरमा १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै जिल्लामा ५९ प्रहरी क्वारेनटिनमा रहेका छन् । जसमध्ये डोल्पामा ६, हुम्लामा ४, सुर्खेतमा १, मोरङमा १, सिन्धुपाल्चोकमा ३, रामेछापमा ८, रौतहटमा १०, तेह्रथुममा ५, मनाङमा ५, प्यूठानमा १, गुल्मीमा २, कास्कीमा एकजना रहेका छन् ।

त्यसैगरी मकवानपुरमा २, बर्दियामा ३, काठमाडौंमा १, ललितपुरमा १ कञ्चनपुरमा ३, अछाममा १ र डोटीमा १ जना प्रहरी क्वारेनटिनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।