जनता टाइम्स

८ असार २०७७, सोमबार १६:३०

रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमति भेटिए, पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना संक्रमण


काठमाडौं, असार ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित अपडेटमार्फत ५८५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । प्रवक्ता गौतमले दिनुभएको जानकारीअनुसार ७७ जिल्लामध्ये रसुवाबाहेकका सवै जिल्लामा कोरोना संक्रमित भेटिएको छ ।