जनता टाइम्स

८ असार २०७७, सोमबार १६:५०

एकैदिन ३ सय ७० जनाले जिते कोरोना


काठमाडौं, असार ८

कोरोनाका संक्रमित नेपालमा बढिरहेका बेला संक्रमणमुक्त हुनेको सख्या पनि दिनप्रतिदिन बढ्दो रहेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको सख्या दैनिक बढ्दो रहेको छ ।

सोमबारमात्रै देशभरका विभिन्न अस्पतालबाट ३७० व्यक्तिले कोरोनामाथी जित निकालेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३२ महिला र ३३८ पुरुष संक्रमण मुक्त हुनु भएको छ । योसँगै देशभरबाट २ हजार १४२ जनाले संक्रमणलाई जितेका हुन् । जसमध्ये १६१ महिला र १ हजार ९६१ पुरुष रहेका छन् ।

सोमबारमात्रै कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट चार महिला र दुई पुरुष, कालिकोट अस्पतालबाट २ महिला र २६ पुरुष, दैलेख अस्पताल दुल्लुबाट १९ महिला २४६ पुरुष, सल्यान अस्पतालबाट एक महिला र ३६ पुरुष, नारायणी अस्पताल विरगञ्जबाट २ महिला र ९ पुरुष धादिङ अस्पतालबाट ४ महिला र १३ पुरुष संक्रमणमुक्त हुनु भएको छ ।