जनता टाइम्स

९ असार २०७७, मंगलवार १६:२८

२४ घण्टामा थपिए ५३८ मा कोरोना संक्रमित, कुल संख्या संख्या १० हजार ९९ पुग्यो


काठमाडौं, असार ९ । नेपालमा पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज आयोजित कोभिड–१९ प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टामा ५३८ कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यो संगै नेपालमा कोरोना संक्रमित संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार आज ६८ पुरुष र ८ महिला गरी ७६ जना डिष्चार्ज भएका छन । यो संगै २ हजार २ सय २४ जना कोरोना जितेर डिष्चार्ज भएका छन ।