जनता टाइम्स

९ असार २०७७, मंगलवार १७:०८

वाह ! ७० वर्षीय दमका रोगीले सहजै जिते कोरोना


दाङ, असार ९

कोरोना भाइरस सङ्क्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जित्नुभएको छ । लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका –१ का वृद्ध कोरोना जितेर घर फर्कनुभएको हो ।

गत जेठ २० गते भारतबाट आई बंगलाचुली १ स्यूजाको क्वारेन्टिनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा उहाँसहित दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । नतिजा पोजेटिभ आएपछि उहाँ कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना हुनुभएको थियो । “कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ, अब त मरिन्छ कि भनेको, बाँचेर फर्कँदा खुशी लागेको छ”, उहाँले भन्नुभयो ।