काठमाडौं, असार ११ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार मृत्यु हुनेमा ४९ वर्षीय पुरुष रहेका छन ।
ती बिरामीलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो । काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना भने चितवन हो । अस्पतालका अनुसार ती संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए । मृगौलाको नियमित उपचारमै रहेको बेला कोरोना संक्रमण भएपछि उनको मृत्यु भएको चिकित्सकले जनाएका छन ।
पाटन अस्पतालमा उनको मृत्यु भएसँगै कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्