जनता टाइम्स

१५ असार २०७७, सोमबार ०८:१६

चीनले तयार गर्‍यो कोरोना भाइरसविरुद्ध अर्को भ्याक्सिन : मान्छेमा गरिएको परीक्षणमा मिल्यो सफलता


काठमाडौं, असार १५ । चीनले कोरोना भाइरसविरुद्धको थप एक भ्याक्सिन बनाएको छ । चिनियाँ समाचार संस्था रोयटर्सका अनुसार चाइना नेशनल बायोटेक ग्रुप (सिएनबिजी) ले बनाएको भ्याक्सिन मानिसमा गरिएको दोस्रो चारणको क्लिनिकल रिजल्ट पनि सार्वजनिक गरेको छ ।

कम्पनीले क्लिनिकल ट्रायलमा भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको जनाएको छ । यसअघि चाइना नेसनल फार्मास्युटिकल ग्रुप सिनोफर्मले तयार गरेको भ्याक्सिन सफल भएको थियो । रोयटर्शका अनुसार उक्त भ्याक्सिन मंगलबार चीनको बेइजिङ, वुहान र संयुक्त अरब इमिरेट्स (युएई)मा तेस्रो चरणको क्लिनिकल ट्रायल हुँदैछ ।

सिएनबिजीले तयार गरेको भ्याक्सिन सफलता प्राप्त गर्ने दोस्रो हो । संसारमै सफलता प्राप्त गर्ने यो दोस्रो र यसअघि पनि सिनोफर्मको भ्याक्सिन पहिलो हो । संसारभर १३ कम्पनीले कोरोनाविरुद्धको भ्याक्सिन बनाइरहेका छन् । त्यसमध्ये चिनियाँ ५ कम्पनीले ८ वटा कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन थालेका छन । अहिलेसम्मको परीक्षणमा चिनियाँ दुईवटा कम्पनी सबैभन्दा सफल देखिएका छन् ।

सिएनबिजीले समाजिक सञ्जाल वीच्याटमार्फत पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायलमा १ हजार १ सय २० जनामा परीक्षण गरिएको र भ्याक्सिन प्रभावकारी तथा सुरक्षित रहेको दावी गरेको छ । भ्याक्सिन परीक्षण गरिएका व्यक्तिमा कोरोनाविरुद्धको एन्टिबडी उच्च मात्रामा उत्पादन भएको पाइएको छ ।

चिनियाँ वैज्ञानिक र कम्पनीले विभिन्न ८ वटा भ्याक्सिन बनाउने अनुमति प्राप्त गरेका छन । यी सबैले मानिसमा प्रयोगको चरणमा भ्याक्सिन पुर्याएको जनाइएको छ । अहिलेसम्मको अवस्था हेर्दा चीन सबैभन्दा अगाडि देखिएको छ । अमेरिका र बेलायती कम्पनी भन्दा पनि चीन भ्याक्सिनको क्षेत्रमा धेरै अगाडि गएको हो ।

सिएनबिजीले तेस्रो चरणको क्लिनिकल ट्रायलमा हजारौँ व्यक्तिमा परीक्षणको तयारी गरेको छ । विभिन्न देशसँग साझेदारी गरेर भ्याक्सिन तयार गर्ने कम्पनीको तयारी छ । तेस्रो चरणको नतिजा अनुसार भ्याक्सिनलाई बजारमा लैजान भौतिक संरचना बनाउन चिनियाँ कम्पनी लागेको पनि समाचार एजेन्सीहरुले जनाएका छन ।