जनता टाइम्स

१५ असार २०७७, सोमबार ०९:४५

ललितपुरको स्टार अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु, दमका रोगी थिए संक्रमित


काठमाडौं,  असार १५ । ललितपुरको स्टार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो । अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् ।