जनता टाइम्स

१६ असार २०७७, मंगलवार १६:३५

थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, असार १६ । नेपालमा पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिगत २४ घण्टामा ४७११ जनाको पिसिआर भएकोमा ३१६ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत २४ घण्टामा जनामा कोरोना संक्रमण देखिएको बताउनु भयो । योसँगै नेपालमा कोरोना संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

प्रवक्ता प्राडा गौतमका अनुसार हाल देशभर कोरेन्टिनमा ५३ हजार ७०, जना र आइसोलेशनमा १०३४१ छन । यसैगरी पछिल्लो २४ घण्टामा ९ महिला र ५१ पुरुष गरी ६० जना कोरोनालाई जितेर मुक्त भएका छन । योसँगै आजसम्म २७७ जना महिला र २९१७ पुरुष गरी ३१९४ जनाले कोरोना जितेका छन ।