जनता टाइम्स

१६ असार २०७७, मंगलवार १७:१२

कुन ठाउँका हुन काठमाडौंका १२ कोरोना संक्रमित ?


काठमाडौं, असार १६ । काठमाडौं जिल्लामा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार आज गरिएको पिसिआर परीक्षणमा काठमाडौं जिल्लामा १२ जना संक्रमित भेटिएका हुन ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा भेटिएका संक्रमितमा पाँच जना महिला र ७ जना पुरुष रहेका छन । यस्तै ललितपुरका एक जना पुरुष र भक्तपुरका एक जना महिलामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल र शुक्रराज अस्पताल टेकुसहितत उपत्यकाका अन्य अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना र ललितपुर र भक्तपुरका एक/एक जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको थप बिवरण भने स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन ।

आज फेला परेका संक्रमितमा अधिकांश बिदेश र उपत्यका बाहिरबाट आएका रहेको मन्त्रालय स्रोतको भनाई छ ।