जनता टाइम्स

१७ असार २०७७, बुधबार १८:१०

नियमित स्वास्थ्य परीक्षण गरी निवास फर्कनुभयो प्रधानमन्त्री ओली, चिकित्सकले दिए यस्तो सुझाव


काठमाडौं, असार १७ । प्रधानमन्त्री केपी शर्मा ओली शहीद गंगालाल हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्कनु भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि अस्पतालबाट सरकारी निवास बालुवाटार फर्कनुभएको हो । ‘सम्माननीय प्रधानमन्त्री नियमित स्वस्थ्य परीक्षणको लागि गंगालाल अस्पताल जानुभएको हो, आवश्यक परीक्षण गरी निवास फर्किसक्नु भएको छ,’ थापाले भन्नुभयो । उहाँ प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज अपरान्ह पाँच बजे बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुग्नु भएको थियो ।

प्रधानमन्त्री ओलीको अस्पतालमा मुटुलगायतको परीक्षण गरिएको छ । उहाको स्वास्थ्य जाँच नियमित नै भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उहा आज विहान विभिन्न राजनीतिक भेटघाट र दिउसो स्थायी कमिटी बैठकमा सहभागी हुनु भएको थियो ।

प्रधानमन्त्री ओलीको केही महिना पहिला दोस्रो पटक सफलतापूर्वक किड्नी प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई अनावश्यक दौडधुप नगर्न र अनावश्यक चिन्ता नलिन चिकित्सकले सुझाव दिएका छन ।