जनता टाइम्स

१८ असार २०७७, बिहीबार १९:४५

‘इनफ इज इनफ’ अभियानका युवा भेट्न प्रधानमन्त्री ह्याम्स अस्पतालमा


काठमाडौं, असार १८

प्रधानमन्त्री केपी शर्मा ओली ‘इनफ इज इनफ’ अभियानका युवाको अवस्था बुझ्न अस्पताल पुग्नु भएको छ । धर्नामा बसेका अभियानका युवाहरूलाई भेट्न धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुग्नु भएको हो ।

कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न माग राखेर अनसनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न उहा त्यहा पुग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

उहाले भेटमा युवाहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भएको थियो । साथै कोभिड–१९ नियन्त्रणका लागि सरकारले काम गरिरहेको र अझै यसलाई प्रभावकारी बनाउदै लैजाने पनि जानकारी गराउनु भएको छ । उहाले सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख गर्नुभएको छ ।

पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा अनसनमा बसेका युवाहरूलाई उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो ।