जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १६:२८

एकैदिन थप ७४० जनामा संक्रमण पुष्टि, कुलसंख्या १५२५९ पुग्यो


काठमाडौं, असार १९

पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० लाई कोरोना भाइरस रोग (कोभिड–१९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ४ हजार ४८३ जनाको पीसीआर परीक्षण भएकोमध्ये ७४० लाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो । योसँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।