जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १७:५१

२४ घण्टामा थपिए ३८ जिल्लाका ७४० मा कोरोना संक्रमित : कुन जिल्लाका कति ? (सूचीसहित)


काठमाडौं, असार १९ । नेपालमा पछिल्लो २४ घन्टामा ३८ जिल्लाका ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज थपिनेमा नवलपरासीका १९, पर्साका १, चितवनका १, रौटहटका २९, अछामका २३०, बैतडीका ४०, बाजुराका ४७, डोटीका २४ र कञ्चनपुरका ४५ जना रहेका छन ।

यस्तै डडेलधुराका २८, बाजुराका ६, कैलालीका ५८, बागलुङका १, पर्वतका ३, तनहुँ ९, कास्कीका २, उदयपुरका ५, झापाका २८ जना संक्रमित थपिएका हुन । यसैगरी मोरङका ५, सिरहा २४, सप्तरी ८, धनुषाका १६, महोत्तरीका ६, पर्साका १, बझाङका १४, डोटी २३, कपिलवस्तुका ८, नवलपरासीका ९, सर्लाहीका १, सिन्धुपाल्चोकका १, पाल्पा १, सल्यानका ८, बर्दियाका १०, दैलेखका १२, दाङका ९, रोल्पा १, सुर्खेतका ६ र कालिकोट १ जना संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । जसअनुसार हालसम्म जम्मा २ लाख ४२ हजार २ सय ४७ पीसीआर परीक्षण भएको छ । त्यसैगरी क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् । यस्तै आइसोलेसनमा ९ हजार ८४ जना संक्रमितहरु उपचाररत छन् । पछिल्लो २४ घन्टामा ८ सय २३ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ । बानेश्वर निवासी एक बृद्धको कोरोना संक्रमणपछि मृत्यु भएको हो । ८५ वर्षका पुरुषको असार १७ गते बुधवार काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पार्किन्सन र उच्च रक्तचापको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालमा आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार ती बृद्धको मृत्युभएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।