जनता टाइम्स

२० असार २०७७, शनिबार १६:३५

पछिल्लो २४ घण्टामा २ सय ३२ जना कोरोना भाइरसको संक्रमण पुष्टि : १५४९१ पुग्यो कुल संक्रमित संख्या


काठमाडौं, असार २० । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित कोभिड अपडेटमार्फत पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

स्वास्थ्य मन्त्रालयको यो तथ्यांकसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।प्रवक्ता गौतमका अनुसार प्रदेश १ मा ६८६, प्रदेश २ मा ४०८३, बागमति प्रदेशमा ५२५, गण्डकीमा ११३३, प्रदेश ५ मा ३९४२, कर्णाली प्रदेशमा १५४० र सुदुरपश्चिम प्रदेशमा ३५८२ जना कोरोना संक्रमित रहेका छन ।

उहाँका अनुसार बिगत २४ घण्टामा २३ ओटा परीक्षण प्र्रयोगशालामा ४ हजार ५० जनाको पिसिआर परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा २ सय ७२ जनाले कोरोना जितेर घर फर्कनुभएको छ । योसँगै कोरोना जित्नेको संख्या ६ हजार ४ सय १५ जना पुगको छ ।