जनता टाइम्स

२२ असार २०७७, सोमबार १४:५४

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जनामा कोरोना पुष्टि


काठमाडौं, असार २२

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जनामा कोरोना संक्रमण भएको छ । ३ पाइलटसहित नेपाल वायुसेवा निगमका अन्य ११ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । ११ जना भने क्याविन क्रु रहेको निगम स्रोतले जनाएको छ । कोरोना पुष्टि भएका सबै जना होटल क्वारेन्टाइनमा रहेका छन् ।