जनता टाइम्स

२२ असार २०७७, सोमबार १६:२०

थपिए १८० संक्रमित, जम्मा संख्या १५९६४


काठमाडौं, असार २२

पछिल्लो २४ घण्टामा नेपालमा थप १८० लाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १८० जनामा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ७२१ वटा पीसीआर परीक्षणका क्रममा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार देशभरका सबै जिल्ला संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

योसहित डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ। देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ९ हजार ११८जना उपचाररत छन् । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।