काठमाडौं, असार २२
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका तीन जिल्लामा रहेका ५४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्