काठमाडौं, असार २३ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६१३३ पिसिआर गरिएको छ । हालसम्म २६१८६१ जनाको पिसिआर भएको छ ।













प्रतिक्रिया दिनुहोस्