जनता टाइम्स

२४ असार २०७७, बुधबार ०६:४६

कोरोना अपडेट : उपत्यकाका भेटिएका १२ जनाको सङ्क्रमण स्रोत खुल्न सकेन, यस्तो छ कारण


काठमाडौं, असार २४ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको चिकित्सकहरूले बताएका छन । उपत्यकामा संक्रमितको संख्या बढदै गएपछि समुदायमै कोरोना संक्रमण फैलिएको हो कि भन्ने आशंका मेटाउँदै चिकित्सकले यस्तो बताएका हुन ।

कोरोना विस्तार समुदायमा भने नपुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेको बताउनु भयो । पछिल्लो पटक सङ्क्रमण देखिएकामा काठमाडौँका १४ जना, भक्तपुरका चार र ललितपुरका १० जना छन् । पछिल्ला केही दिनयता देशका अन्य स्थानमा सङ्क्रमितको सङ्ख्या घटे पनि उपत्यकामा बढेको छ । ती संक्रमित अधिकांश बाहिरबाट आएको बिभागको भनाई छ ।

स्वास्थ्ष् तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका लगायतका कुनै पनि क्षेत्रमा कोरोना भाइरस समुदाय स्तरमा नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पाण्डेले कोरोना समुदाय स्तरमा नफैलिएको बताउनुभयो । उहाँले ८७ प्रतिशत कोरोना सङ्क्रमित युवा रहेका र उनीहरू बाहिरबाट आएको जानकारी दिनुभयो ।

उहाँले समुदायमा कोरोना देखिएको अवस्थामा पुरुषमा मात्र नभएर महिलामा पनि उही सङ्ख्यामा कोरोना देखिन्थ्यो भन्नुभयो । डा. पाण्डेले हालसम्म तीन प्रतिशत मात्र कतै नगएकोमा ब्यक्तिमा पोजेटिभ पाइएको जानकारी दिनुभयो । तीन प्रतिशतको स्रोत विदेशबाट आएकासँग जोडिएको छ भन्दै डा. पाण्डेले थप्नुभयो, “समुदायमा कोरोना फैलिएको भन्ने भ्रम फैलाउनु हुँदैन ।” हालसम्म काठमाडौँ उपत्यकामा २६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । तिनमा १७५ काठमाडौँका, ४१ ललितपुरका र ४३ भक्तपुरका छन् । उहाँले उपत्यकाका १२ जनाको सङ्क्रमण स्रोत खुल्न नसकेको जानकारी दिनुभयो ।